यस वचत योजनाका लागि को योग्य छन्?यस बीमा कभरेज योजना अन्तरगत म आफुलाई कसरी सहभागी गराउन सक्छु?
यस योजना अन्तरगत स्वास्थ राम्रो भएको स्वघोषना दिन सक्ने १६ देखि ५९ वर्षका नयाँ खाता खोल्न चाहनेहरुले खोल्न सक्दछन्। बीमा कभरेज सुचारु गर्न वचत खातामा न्युनतम मौज्दात रु ७,०००।०० (रुपैया सात हजार मात्र) खातामा हुन पर्दछ। गम्भीर रोग विरुद्ध कभरेज भने खातावालाले खाता खोलेको ६० दिन पछि मात्र लागु हुनेछ। माथि उल्लेखित योग्यता पुगेका नयाँ खाता खोल्न चाहने ग्राहकहरुले आगामी नेपाली महिनाको पहिलो दिन देखि नै यस योजनामा खाता खोल्न सक्दछन्। यस योजना बारे थप जानकारी को लागि नजिकैको शाखामा सम्पर्क गरी बुझ्न सक्नुहुन्छ।
पर्खने अबधि भनेको के हो?
गम्भीर रोग विरुद्ध बीमा कभरेज सुरु भएको पहिलो साठी दिनसम्म लागु हुनेछैन। तर दुर्घटनागत मृत्यु, शाररीक अङ्गभङ्ग, पुर्णरुपमा असक्षम भएमा र जीवन अबधि बीमामा भने पर्खने वा कुर्ने अबधि लागु हुदैन।
यस योजना अन्तर्गत बीमा कभरेजमा के पर्दछ र के पर्दैनन्?
क.) गम्भीर रोगको नीति परिभाषा अन्तर्गत पर्ने उल्लेखित सबै छ रोगहरु यस बीमा कभरेजमा पर्दछ।
ख.) दुर्घटनागत मृत्यु, शारीरिक अङ्गभङ्ग, स्थायी पुण असक्तता भएमा भने यस योजन अन्तरगत बीमा कभरेजमा पर्दैनन्।
ग.) अवधि जीवन बीमा (रु. १००,०००÷– सम्मको कभरेज)
यस नीतिमा उल्लेख नभएका गम्भीर रोग यदि पहिले नै लागेको भएमा यस कभरेजमा मान्य हने छैन। इस बीमा कभरेज भित्र पर्ने र नपर्ने स्थितिको बारे थप जानकारीको लागि “कभरेज सारांश”मा हेर्न सक्नुहुन्छ।
के यो बीमा कभरेज काममा, घरमा वा छुट्टीमा देश– विदेश घुम्न जादा पनि प्रभावकारी हुनेछ?
यो बीमा कभरेज २४ घण्टा र ३६५ दिनै विश्वको जुनसुकै ठाउँमा पनि प्रभावकारी हुनेछ।
के खातावालाहरुले चिकित्सा उपचार प्ररिपूर्तिको लागि गम्भीर बिरामी जाँचको बिल बुझाउनु पर्दछ?
चिकित्सा उपचार रकमको हकदाबीको लागि खातावालाले रोग परिक्षण कागजातहरु बुझाउनुपर्छ। यो प्रक्रिया सरल हुनुका साथै दाबी भुक्तानीको बीमा रकमको १००% नै पाउन सकिन्छ।
यस योजना अन्तर्गत खाता खोल्न के खातावालाले केही रकम तिर्नपर्छ?
योग्य खातावालाले यस योजना अन्तरगत खाता खोल्न कुनै रकम तिर्न पर्दैन। खातावालाको तर्फबाट यस बैकंले बीमाको प्रिमियम आफै तिरि दिन्छ।
यदि मैले पहिले नै जीवन र गम्भीर रोग अन्तरगतको बीमा नीति लिइसकेको छु भने पनि के म यस वचत तथा बीमाका योजनाको लागि योग्य मानिन्छु?
तपाई यस वचतको बीमा योजनाको लागि योग्य हुनुहुन्छ। के संयुक्त खातावाला यस योजना का लागि योग्य मानिन्छ? संयुक्त खातावाला यस योजना का लागि योग्य मानिदैनन्।
यस योजना अन्तरगतको बीमाबाट के मेरो परिवार पनि सुरक्षित रहन्छन्?
यस योजना अन्तरगतको बीमाबाट परिवार सुरक्षित हुदैनन्। यस खाता योजनामा योग्य माथि बुँदा १ लेखे बमोजिम उल्लेखित व्यक्तिहरु पर्दछन्। यसका लागि परिवारका सदस्यले यस योजनमा छुट्टै खाता खोली भने सुरक्षित बनाउन सकिन्छ।
के पहिले देखि नै एचआइभी एड्स, क्यान्सर,मृगौला, कलेजो वा फोक्सोको समस्या, मस्तिस्कको रोगहरु, मुटु वा रक्तचाप वा अन्य बिमारी र गम्भीर रोगहरुका लक्षण देखिएका व्यक्तिहरुले यस योजना अन्तरगत खाता खोल्न सक्छन्?
गम्भीर रोगहरुका लक्षण देखिएका व्यक्तिहरुलेस्वस्थ स्वघोषना फारम भर्न सक्दैनन्र यस योजना अन्तरगत खाता खोल्न योग्य मानिदैन।
यदि मेरो खाताको रकम न्युनतम मौज्दात रु.७,०००.०० भन्दा कम भएमा वा मैले खाता बन्द गर्न चाहेमा के मेरो बीमा बन्द हुन्छ?
यी दुबै अवस्थामा तपाइको बंैकले गरिदिएको बीमा बन्द हुन्छ।
गम्भीर रोग भएका खातावालाले कति पटक सम्म बीमा रकम दाबी गर्न सक्दछन्?
गम्भीर रोग विरुद्ध बीमा रकम बीमितले आफ्नो जीवनमा एक पटक मात्र गर्न पाउँदछन्।
के गम्भीर रोग भएका खातावालाले दाबी गरेको रकम भुक्तानी भइसके पछि पनि बीमितको जीवन अवधि बीमा जारी रहन्छ?
गम्भीर रोग भएका खातावालाले दाबी गरेको रकम भुक्तानी भइसके पछि पनि बीमितको जीवन अवधि बीमा व्यक्तिगत कभरेज प्रभाबी मितिले एक वर्ष सम्म जारी रहन्छ।
खातावालाको मृत्यु भएमा हकदाबीको रकम कसले पाउँदछ?
यदि खातावालाको मृत्यु भएमा हकदाबीको बीमाङ्क रकम खातावालाका कानूनी उत्तरअधिकारीले पाउँदछ। यदि खातावाला लामो समय देखि आफ्नो गम्भीर रोगको उपचारको लागि विदेशमा छन् भने पनि के उनले बीमाको रकम दाबी गर्न सक्दछ? गम्भीर रोगको परिभाषा भित्र पर्ने रोग भएका व्यक्तिहरुले यदि उपचारका सम्पुर्ण कागजातहरु उपचार वा मृत्युको एक वर्ष भित्र बुझाउन सकेमा बीमाको रकम दाबी गर्न वा पाउन सक्नुहुन्छ।
यदि गम्भीर रोगको परिभाषा भित्र पर्ने रोगबाट गम्भीर रोग लागेर बीमित खातावालाको उपचारको क्रममा मृत्यु भएमा मृत्युपछिको हकवालाले बीमा रकम दाबी गर्न सक्दछ?
गम्भीर रोगको दाबीको भुक्तानी यदि गम्भीर रोगको परिभाषा भित्र पर्ने बिमारीबाट खातावालाको उपचार भइरहेको वा त्यसता कुनै रोगबाट मृत्यु भएमा बीमित खातावालाका परिवार वा कानुनी उत्तराधिकारीले बीमाको रकम दाबी गर्न सक्दछ।
मैले बीमाको हकदाबी कसरी गर्ने?
हकदाबीको प्रक्रिया दाबी आवश्यकता, मृत्युदाबी फारम, गम्भीर विरामीको दाबी फारम, गम्भीर विरामी वा असक्षमताको विवरण दिइएको कागजातमा तोकिएको हुन्छ। यसका लागि थप विवरण वा सहायता चाहिएमा नजिकैको शाखामा सम्पर्क राख्न सक्नुहुन्छ।
बीमा हकदाबी गर्न वा प्रक्रिया अगाडि बढाउन के कागजात चाहिन्छ?
बीमा हकदाबी गर्न वा प्रक्रिया अगाडि बढाउन चाहिने कागजातको विवरण “Claim Requirement - HBL” मा तोकिएको हुन्छ। यसका लागि थप विवरण वा सहायता चाहिएमा नजिकैको शाखामा सम्पर्क राख्न सक्नुहुन्छ।
बीमा हकदाबीको रकम पाउन कति समय लाग्छ?
बीमा हकदाबीको रकम पाउन सामान्य क्रममा पाउन सकिन्छ भने कुनै बेला मृत्युको र गम्भीर रोगका कारण मृत्यु भएको प्रमाणित हुने मान्य कागजात नअए सम्म दाबीकर्ताको निवेदन प्राप्त भएको १० देखि १५ दिन सम्म लाग्न सक्छ।
के हकदाबीको रकममा कर लाग्छ?
बीमितको मत्यु पश्चातको दाबी हो भने यस्ता दाबीमा कुनै कर लाग्दैन तर गम्भीर रोगको उपचार भइरहेको भएमा नेपाल आय कर एन अनुसार ५% कर लाग्दछ र यो कर दर नेपाल सरकारे आफ्नो नीतिमा परिवर्तन ल्याए अनुसार परिवर्तन आउन सक्छ।