उपयोग

  • मौज्दात जााच/सोधपुछ गर्न

एस एम एस गेटवे नम्बर

  • १४७७७ (अन्य जानकारी तथा विष्तृत विवरणका लागि, कृपया सेवाको सदस्यता लिने/सुचारु गर्ने बेलामा प्रदान गरिएको निर्देशिका उल्लेख गरिएको छ । 

योग्यता

  • हिमालयन बैंकमा खाता भएका एन टि सि वा एन सेल (सिडिएमए बाहेक) बाट सेवा लिएका ग्राहकहरुलाई हिमालयन बैंकले एसएमएस बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

लागुहुने शुल्क

  • निशुल्क

विशेषताहरु

  • आफ्नो खाताको मौज्दात जाँच गर्न
  • २४ सै धण्टा प्रयोग गर्न मिल्ने

Attached file with this article

File
Download this file (Manual_SMS51_compressed.pdf)
Download this file (SMS_Banking_Service_Application_Form.pdf)

बारम्बार सोधिने प्रश्नहरु

बैंक खाता कसले खोल्न सक्छन्?

बैंकको आवश्यकता अनुसारको मान्य परिचयपत्र जस्ता नागरिकता भएका व्यक्ति वा व्यक्तिका समूह र फर्म वा कम्पनी दर्ता प्रमाणपत्र भएका फर्म र कम्पनीले खाता खोल्न सक्दछन्

खाता खोल्न कहाँ जाने त?

खाता खोल्न तपाईलाई पायक पर्ने कुनै पनि हिमालयन बैंकको शाखा कार्यालयमा जान सक्नुहुन्छ। विदेशमा बस्नु हुने ग्राहकले भने त्यहाँको हाम्रो प्रतिनिधि कार्यालयमा सम्पर्क गर्न सक्नुहुन्छ।

खाता खोल्न कति समय लाग्छ?

खाता प्रकारको आधारमा खाता खोल्ने फारम पूर्णरुपमा भरेर बुझाएको १५ देखि २० मिनटमा खोल्न सकिन्छ।

हिमालयन बैंकमा खाता खोल्न लाग्ने शुल्कहरु कस्ता छन्?

हिमालयन बैंकमा खोल्न खाताको किसिम हेरेर बैंकल तोकेको न्युनतम मौज्दात बाहेक अरु केही शुल्क लाग्दैन।

खाता खोल्न कसले मद्दत गर्छ?

सबै शाखामा रहेका हाम्रा ग्राहक सेवा अधिकारीले सबै ग्राहकको मद्दत गर्नुहुने छ। विदेशमा बस्नुहुने ग्राहकले भने त्यहाँको हाम्रो प्रतिनिधि कार्यालयमा सम्पर्क गरी मद्दत पाउन सक्नुहुन्छ।

के साथीले मेरो लागि खाता खोलिदिन सक्छ?

कुनै पनि खाता खोल्न बैंकको शाखामा सम्बन्धित व्यक्ति स्वयम उपस्थित हुन अनिवार्य छ। तर कम्पनीको खाता खोल्दा भने संचालक समितिबाट नियुक्ति भएको अधिकृत व्यक्तिले बैकमा गएर कम्पनीको खाता खोल्न सक्दछ।

के मैले खाता एउटा शाखाबाट अर्को शाखामा सार्न सक्छु?

तपाईले कुनै पनि शुल्क नलाग्ने गरी एउटा शाखाको खाता अर्को शाखामा सार्न सक्नुहुन्छ।

के मैले मेरो खाता संचालनको हक अरु कसैलाई दिन सक्छु?

तपाईले आफ्नो खाता संचालन हक अरु कसैलाई दिन सक्नुहुन्छ। त्यस्ता आधिकारिक व्यक्तिलाई “ वारेस” (म्यान्डेट) भनिन्छ। कसैलाई वारेसनामा दिए बापत उहाँले तपाईको खाता संचालन गर्न सक्नुहुन्छ। कसैलाई वारेसनामा दिने प्रक्रिया बारे थप जानकारीको लागि नजिकको शाखामा सम्पर्क गर्नुहोस्।

इन्टरनेट बैंकिङ्ग सेवाको सुबिधाको लाभ कसले लिन सक्छ?

हिमालयन बैंकमा खाता भएका जो कोहीले पनि इन्टरनेट बैंकिङ्ग सेवाको सुबिधाको लाभ लिन सक्नुहुन्छ।

तपाईंलाई रुचि हुन सक्छ

परियोजना लगानी

परियोजना लगानीमा 
के पाउनुहुन्छ?

परियोजना लगानी अन्तर्गत उत्पादन/निर्माण सम्बन्धी उद्योग, जल विद्युत, हवाइ सेवाहरु, अस्पताल, होटल

थप जानकारी