banner

हिमालयन बैंकको आफ्नो ग्राहकको वीत्तिय विवरण र बैंक र ग्राहक बिचको सम्बन्ध गोपनीय राख्ने नीति रहेको छ । यस बैंकले ग्राहकको आफुू प्रति गरेको विश्वासलाई मूल्यवान मान्दछ र ग्राहकसंग लिइएका विवरण विश्वासमा प्राप्त भएकोले त्यसको सम्मान गर्दछ । यसै गरी ग्राहकले दिएका कुनै पनि विवरण यस बैंक संग कडा मापदण्ड, प्रक्रियात्मक र विद्युतीय प्रणालीका साथ सुरक्षित र गोपनिय  हुन्छन्।

हाम्रा ग्राहकको विवरण हेर्न र जान्न बैंकले अधिकार प्राप्त अधिकृत कर्मचारीहरुलाई मात्र अधिकार वा पहुाचता प्रदान दिइएको छ । यस बैंकका अधिकार प्राप्त कर्मचारी बाहेक अन्य कर्मचारी वा अन्य कसैले पनि ग्राहकको वीत्तिय वा ग्राहकका व्यक्तिगत र व्यापार–व्यवसायको अभिलेख तथा व्यवसायिक सम्बन्धको बारेमा हेर्ने वा हेरेर छलफल गर्ने अधिकार प्रदान गरिएको छैन ।
यद्यापी देहायको अवस्थामा भने ग्राहकका विवरण उपलब्ध गराउन सकिनेछ :

कानूनी हिसाबमा जरुरी भएमा वा नियामक अनुसन्धान र मुद्दा मामिला संग सम्बन्धीत कानुनी प्रक्रियाका सम्बन्धमा अनुमति भएमा । ग्राहकबाटै अनुरोध आएमा वा ग्राहक अनुमति भएमा ।यस बैंकले कुनै कम्पनीलाई त्यस कम्पनीबाट आफ्ना ग्राहकका लागि आफ्नो सेवा र सुबिधाहरु दिन सक्छ भन्ने आधार वा अवस्थामा आवश्यक न्यूनतम मात्र विवरण दिन सक्छ ।

अन्य असंगत कम्पनीहरु

यस बैंकले ग्राहकको विवरणहरु कुनै पनि असंगत कम्पनीहरुलाई दिन निषेध गरेको छ । यस्ता कम्पनीहरुले हाम्रा ग्राहकहरुला्ई लाभ हुने सेवा–सुबिधा दिने कुनै सम्झौता भएमा भने यस बैंकले ग्राहकको विवरण दिन सक्दछ । तथापी, कुनै संस्थालाई ग्राहकको विवरण उपलब्ध गराउनु पूर्व उक्त संस्थाको बारेमा सावधानीपुर्वक समीक्षा गरी आफ्ना सेवाहरुले ग्राहकलाई लाभ तथा मुल्य प्रदान गर्नेे निश्चितता भएको अवस्थामा मात्र ग्राहकका विवरण प्रदान गर्ने छ ।


इन्टरनेट गोपनियता

हिमालयन बैंकले आफ्नो इन्टरनेटमा रहेका ग्राहकका विवरण टेलिफोन तथा अन्य उपकरणमा भएका विवरण सरह नै यथासक्य सुरक्षित राख्ने प्रयास गर्दछ ।

यी गोपनीयता नीति अन्तर्गत ग्राहकहरुलाई अझ परिष्कृत सेवा प्रदान गर्न तथा आफ्ना व्यक्तिगत विवरणहरु कहाा र कसरी प्रयोग भई रहेको छ भन्ने जिज्ञासा वा चिन्ता भएको ग्राहकहरुको सुचनाका लागि संकलन गरिएको छ ।

यी विवरणहरु एकल व्यक्ति पहिचान गर्न, ग्राहक संग सम्पर्क गर्न वा पत्ता लगाउन परेमा प्रयोग गरिन्छ ।

गोपनियता नीति अन्तर्गत हामी कसरी ग्राहकहरुका व्यक्तिगत विवरण संकलन गरी त्यसको उचित प्रयोग गर्छौ र ती विवरण कसरी सुरक्षित राख्छौ भन्ने बारे थप बुझ्न यस बंैकको गोपनियता नीति ध्यान दिएर पढ्न सक्नु हुन्छ।

हाम्रो वेबसाइट हेर्नुहुने ग्राहकहरुको के–के विवरण हामी संकलन गर्छौ?

हाम्रो वेबसाइटमा ग्राहकले ग्राहक सेवा निवेदन फारम भर्न हुादा यहााहरुको अनुभवलाई राम्रो बनाउन, उचित हुने यहााको नाम, इमेल, पत्राचार गर्ने ठेगाना, फोन नम्बर तथा अन्य विवरण वा जानकारीहरु माग्दछौ ।


हामी तपाईको विवरणलाई कसरी प्रयोग गर्छौ?

हामीले हाम्रा ग्राहकहरुबाट लिएका विवरणलाई निम्न प्रकारले प्रयोग गछा्र्रै–

  • यहााको अनुभवलाई राम्रो बनाउन र यहााको रुचि अनुसारको वा यहााको लागि उपयुक्त प्रकारको योजनाको प्रस्ताब दिन ।
  • हाम्रा ग्राहकहरुको सुबिधाको लागि यस बंैकको वेबसाइट थप परिष्कृत बनाउन ।
  • हाम्रा ग्राहकहरुलाई ग्राहक सेवा आवेदनमा थप सुबिधा प्रदान गर्न ।

हामी हाम्रा निरिक्षक/आगन्तुक ग्राहकको विवरणलाई कसरी सुरक्षित राख्दछौ?

यस बैंकको सुरक्षा खतरा तथा बुझिएका असुरक्षाका अवस्थाहरुलाई हटाउनका लागि दैनिक रुपमा आफ्नो वेबसाइटको स्क्यान गर्दछ जसले गर्दा यहााको हाम्रो वेबसाइटमा भ्रमण गर्दा हुने खतरा र सुरक्षा कमजोरीहरुलाई न्युन बनाउन मद्दत गर्दछ ।

हामी निरन्तर मालवेयर स्क्यानिङ्गको गदर्छौ ।

ग्राहकको व्यक्तिगत विवरण सुरक्षित नेटवर्कमा राखिएको हुन्छ र बंैकले तोकेको केही आधिकारीक व्यक्तिहरुलाई मात्र त्यसमा पहुाच प्रदान गरिएको हुन्छ जसले प्रत्येक विवरण गोप्य राख्दछन् । यसका साथै ग्राहकका संवेदनशील तथा कर्जा विवरण Secure Socket Layer (SSL) टेक्नोलोजीद्वारा सुरक्षित गरिएको हुन्छ ।

हामी हाम्रा ग्राहकहरुले जब आफ्ना व्यक्तिगत विवरणहरु राख्ने, बुझाउने वा पहुाच प्रदान गरेमा त्यस्ता विवरण सुरक्षित राख्नका लागि यस बंैकले विभिन्न प्रविधिहरु प्रयोग/कार्यन्वयन गर्दे आएको छ ।

के हामी ‘cookies’ को प्रयोग गर्छौ?

ग्राहकहरुलाई परिष्कृत तथा उच्चतम सेवा प्रदान गर्न र सुरक्षा जोखिम सम्बोधन गर्न हामी यदा कदा ‘cookies’ को प्रयोग गर्छौ। ‘cookies’ भनेको वेबसाइटले यहााको कम्प्यूटरमा प्रयोग गर्ने वेव ब्राउजरमा संग्रह गर्ने सुचना/विवरण हो जुन पछि कुनै पनि बेला निकाल्न/प्राप्त गर्न सकिन्छ । ‘cookies’ सेट गर्ने /राख्ने व्यक्तिले बाहेक ‘cookies’ वेबसाइटले पढ्न वा प्रयोग गर्न सक्दैन । हामी यहााको चहाना अनुसारको निश्चित जानकारी वा विवरण संग्रह गर्न ‘cookies’ प्रयोग गर्दछौ । यसले यहाासंग फोन, इमेल वा अन्य माध्यमबाट सम्पर्क गर्न सहजता प्रदान गर्दछ । यहााले आफ्नो ब्राउजरलाई यहाालाई कहिले ‘cookies’ प्रयोग गर्ने वा रोक्ने भन्ने कुरा स्थापित गर्न सक्नुहुनेछ ।

हामी ‘cookies’ ग्राहकलाई पछ्याउने उदेश्यका लागि प्रयोग गर्दैनौ ।

तोश्रो पक्ष खुलासा

हामी यहााको व्यक्तिगत पहिचान विवरण अन्य व्यक्तिलाई बेच्ने, व्यापार/कारोबार गर्ने वा स्थानान्तरण गर्ने गर्दैनौ ।

हामी यहाा विष्तृत रुपमा उल्लेखित नीति तथा अभ्यासको नियमित पालना गर्नेछौ । यदी यहााको कुनै सुझाव वा सल्लाह भएमा कृपया हामीलाई निम्न ठेगानामा सम्पर्क गनुहोस् ।

हिमालयन बैंक लिमिटेड

केन्द्रीय कार्यलय, कमलादी, काठमाडौा, पोष्ट बक्स २०५९०

टेलिफोन नं :०१- ४२२७७४९, ४२५०२०१

Fax No: 01- 4222800

स्वीफ्ट कोड : HIMANPKA

इमेल : यह ईमेल पता spambots से संरक्षित किया जा रहा है. आप जावास्क्रिप्ट यह देखने के सक्षम होना चाहिए. (सामान्य सोध–पुछको लागि)

यह ईमेल पता spambots से संरक्षित किया जा रहा है. आप जावास्क्रिप्ट यह देखने के सक्षम होना चाहिए. (ग्राहकको प्रतिक्रिया, गुनासो तथा प्रशंसाको लागि)