प्रतितपत्र
आफ्ना ग्राहकको सुबिधाको लागि बैंकले विभिन्न प्रतितपत्रहरुको सेवा प्रदान गर्दै आएको छ। ग्राहकहरुले बैंकको कुनै पनि शाखाबाट प्रतितपत्रको आवेदन दिन सक्दछन । यस बैंकका शुल्क नेपालका अन्य वाणिज्य बैंकको मध्ये न्पूनतम रहेको छ । यस बैंकका ग्राहकले आर्कषक व्याज दर सहित बैंक विस्तृत संजालको पनि लाभ उठाउन सक्दछन् । प्रतितपत्रको आवेदन पत्र यस बैंकको वेबसाइटबाट डाउनलोड गर्न सकिने छ । साथै अन्य जानकारीको लागि कृपया नजिकको कुनै पनि शाखामा सम्पर्क गर्नुहुन अनुरोध छ ।
बैंक जमानत
यस बैंकबाट विभिन्न किसिमको बैंक जमानत जस्तै: कार्य सम्पादानकमा आधारित बन्ड जमानत, बिड बन्ड जमानत, वन्डेड गोदाम जमानत, वित्तिय जमानत, पछाडी/स्थगित भुक्तानी गर्ने जमानत, काउन्टर जमानत र अग्रिम भुक्तानी जमानत प्रदान गरिन्छ ।