ग्राहकको फरक आवश्यकता र चाहानालाई मध्यनजर राख्दै, बैंकले ग्राहकको प्राथमिकता अनुसारका विभिन्न आकारका लकर सुविधाको प्रस्ताव गर्दछ ।
आफ्नो बहुमूल्य गरगहना, कागजपत्रहरु तथा अन्य सामानहरु सुरक्षित राख्न हिमालयन बैंकले विभिन्न आकारका लकरमा न्यूनतम शुल्कमा प्रदान गर्दै आइरहेको छ । आफूलाई पाएक पर्ने ठाउँमा लकर खोली आफ्ना सामानहरु सुरक्षित राखी ढुक्क हुनुहोस् ।
मुख्य नोटहरु
- ग्राहकले लकर खोल्नको लागि यस बैंकमा एउटा बचत खाता खोल्नुपर्ने छ ।
- लकर वार्षिक शुल्क वर्षमा एक पटक लाग्ने छ तथा लकर धरौटी वापत राखिएको रकम लकर छोड्ने बेलामा फिर्ता दिइनेछ ।
- सुरक्षणको रुपमा फिर्ता हुने गरी केही रकम धरौटी राखिन्छ । यो धरौटी रकम लकर वितरण गर्ने बेलामा नै लिइन्छ र लकर फिर्ता सुम्पिने बेलासम्म बैंकले राख्ने गर्दछ ।
- लकरको आकार शाखा अनुसार फरक हुनसक्छ ।
- लकर भाडा ढिला तिरेमा लाग्ने शुल्क – रु. २००(सेवा शुल्क तालिका अनुसार)
फाईदाहरु
- प्रिमियम बचत खाता खोल्ने ग्राहकहरुका लागि वार्षिक शुल्कमा २५% छुट
- सुपर प्रिमियम बचत खाता खोल्ने ग्राहकहरुका लागि वार्षिक शुल्कमा ५०% छुट