हिमालयन बैंकका ग्राहकहरुलाई बैंकले विभिन्न बैंकिङ्ग सुविधाहरु आधुनिक तथा सुरक्षित प्रविधि प्रयोग गरी संसारको जुनसुकै ठाँउबाट छिटो छरितो रुपमा उपलब्ध गराउने उद्देश्यले HBL I-Banking (एचबिएल आई-बैंकिङ्ग) सुविधा संचालनमा ल्याएको छ।

हाम्रो सेवा– HBL I-Banking (एचबिएल आई-बैंकिङ्ग) ले यहाँहरुको बैंकिङ्ग आवश्यकतालाई इन्टरनेटमा सरल र सुरक्षितरुपमा यहाँहरुको सुलभताका लागि जहाँकहिबाटै पहुँचको सहजता प्रदान गर्छ। 

एउटा महत्वपूर्ण कुरा के हो भने दुई तहको प्रमाणीकरणको ब्यवस्थाले यो सेवा उत्कृष्ट तथा एकदम उन्नत एवं सुरक्षित अनलाइन बैंकिङ्ग सेवा भएको छ। 

क. बैंकिङ्ग कारोबारको विशेषता:

  • स्वयं दर्ता गर्न सकिने
  • एक खाताबाट अर्को खातामा रकमान्तर (ने रु खातामा मात्रै) – श्रोत खाताबाट हिमालयन बैंकका कुनै पनि खातामा रकमान्तर गर्न सकिन्छ ।
  • बिजुली, टेलिफोन, मोबाइल रिचार्ज, केबल टि भी, इन्टरनेटको बिल भुक्तानी गर्न सकिने
  • नेपालका अन्य बैंकका खातामा रकमान्तर गर्न सकिने
  • एनटिसि ल्याण्डलाईनको रकम भूक्तानी
  • सुबिसु केबल सेवाको रकम भूक्तानी
  • विभिन्न सरकारी सेवाहरुको बिल भुक्तानी गर्न सकिने
  • ट्राफिक जरिवाना तिर्न सकिने
  • विभिन्न विद्यालयका शुल्क तिर्न सकिने
  • विभिन्न ट्रभल एजेन्टहरुको बिल भुक्तानी गर्न सकिने
  • क्रेडिट कार्डको बिल भुक्तानी गर्न सकिने

ख. जाँच/सोधपुछका विशेषता:

  • चेकको अवस्था
  • आफ्नो कर्जाको अवस्था हेर्न सकिने
  • खाताको विवरण
  • खाता मौज्दात विवरण र कारोबारको विवरण

HBL I-Banking (एचबिएल आई-बैंकिङ्ग), तपाई जहाँ हुनुहुन्छ त्यहिबाट सुविधाजनक तरिकाले आफ्नो खाता सुरक्षित रुपमा व्यवस्थापन गर्ने एक माध्यम हो । 

सेवासम्बन्धि शर्तहरु

यहाँ क्लिक गर्नुहोस् 

 

सेवामा सहभागी हुनको लागि

यहाँ क्लिक गर्नुहोस् 

इन्टरनेट बैंकिङ्ग सेवाको बारेमा प्राय सोधिने प्रश्नहरू

खाताबाट रकम ट्रान्सफर एक दिनमा कति सम्म गर्न मिल्छ?

एक दिनमा खाताबाट रकम ट्रान्सफर गर्ने सीमा यस प्रकार छ–

  • वचत खाताको लागि एकदिनको रु. १,००,०००.००(एक लाख रुपयाँ मात्र) (दिनको बढीमा ३ कारोबार)
  • चल्ती खाताको लागि एकदिनको रु। ५०,००,०००.००(पाँच लाख रुपयाँ मात्र)

इन्टरनेट बैंकिङ्ग सेवा लिन को योग्य हुन्छन्?

हिमालयन बैंकमा वचत वा चल्ती खाता भएका ग्राहक वा खातावालाहरु योग्य हुन्छन्। (यसका लागि खाताको प्रकार हेरेर खातामा रकम भने हुनपर्छ।)

Himal@net को विशेष्ताहरु के के हुन्?

यस सुबिधाले ग्राहकलाई सजिलो, सुरक्षित र भरपर्दो अन्लाइन बैंकिङ्ग सेवा दिने गर्दछ।himal@net का विशेष्ता यस प्रकार छन्

  • क. बैंकिङ्ग कारोबार विशेष्ता: एउटा खाताबाट अर्को खातामा रकम ट्रान्सफर गर्न मिल्ने (नेपाली रुपैयाँ खातामा मात्र पानी, बिजुली,संचार जस्ता सुबिधाहरु भुक्तानी गर्न सकिने
    ◦ एनटिसि ल्याण्डलाईनको रकम भुक्तानी गर्न सकिने
    ◦ सुबिसु केबल सेवाको रकम भूक्तानी
  • ख. सोधपुछको विशेष्ता चेकको स्थिति कर्जा र अग्रिम कारोबार बैंक खाता विवरण विस्तृत खाता विवरण खाताको रकम र कारोबार विवरण

Himal@net भनेको के हो?

himal@net भनेको हिमालयन बैंकको नयाँ इन्टरनेट बैंकिङ्गको सुबिधा हो जुन दुई कारक प्रमाणिकरणबाट चल्दछ। यो सुबिधाको लागि इत्ए म्भखष्अभ कोजरुरत पर्दछ। himal@ net एक चोटि मात्र प्रयोग हुने पासवर्ड यो पासवर्ड विशेष उपकरणबाट बनाइन्छ र हरेक लग इन ९यिन ष्ल० मा फरक फरक हुने गर्दछ। स्त्याटिक पीन यो पासवर्ड भने ग्राहक आफैले रजिस्टर गर्दा राख्नु पर्ने हुन्छ।

यो उपकरणले कसरी काम गर्छ?

इन्टरनेट बैंकिङ्ग सेवाको लागि यस उपकरणले साँचोको रुपमा काम गर्दछ। यस उपकरणले ८ अक्षरको पासवर्ड जारी गर्दछ र त्यसको प्रयोगबाट इन्टरनेट बैंकिङ्ग सेवा सुचारु हुन्छ। यो पासवर्ड विशेष उपकरणबाट बनाइन्छ र हरेक लग इन मा फरक फरक हने गर्दछ।

इन्टरनेट बैंकिङ्ग सेवामा लाग्ने शुल्कहरु

इन्टरनेट बैंकिङ्ग सेवा सुचारु गर्ने शुल्क रु. १,०००.०० (एक हजार मात्र) ( एक पटक लाग्ने शुल्क) नविकरण शुल्क रु. ५००.०० (पाँच सय मात्र(( हरेक वर्ष लाग्ने शुल्क) उपकरण फेर्न लाग्ने शुल्क रु. १,०००.०० (एकहजार मात्र)

एउटा खाताबाट अर्को खातामा रकम ट्रान्सफर गर्न के बैंकले शुल्क लिन्छ?

एउटा खाताबाट अर्को खातामा रकम ट्रान्सफर निःशुल्क गर्न मिल्छ।

मैले यस प्रणालीको प्रयोग कसरी गर्न सक्छु?

आफूलाई आवश्यक परे अनुसार यस प्रणालीको प्रयोग जति बेला पनि गर्न सकिन्छ। तर बैंकको end-of-day processing  हुनेहुँदा राति ८ बजे देखि बिहान ४ बजेसम्म इन्टरनेट बैंकिङ्ग सेवा बन्द रहन्छ।

यदि इन्टरनेट बैंकिङ्ग सेवामा केही समस्या आएमा कसलाई र कहाँ सम्पर्क राख्ने?

यदि इन्टरनेट बैंकिङ्ग सेवामा केही समस्या आएमा हिमालयन बैंकको आइटी विभागमा, कर्पोरेट कार्यालय, कमलाडीमा सम्पर्क राख्नुपर्दछ। सूचना प्रबिधि (आइटी) विभाग, कर्पोरेट भवन, कमलाडी टेलिफोन नं ९७७ ०१ ४२२७७४९, ४२४६२१८, ४२४६२१९ भ्हत ३६० फ्याक्स नं ९७७ ०१ ४२५८३२८ email : यह ईमेल पता spambots से संरक्षित किया जा रहा है. आप जावास्क्रिप्ट यह देखने के सक्षम होना चाहिए.

 

यदि उपकरणमा क्षति भएमा के गर्न सकिन्छ?

यस उपकरणको प्रयोगकर्ताले राम्रो खयाल राख्नु पर्दछ। यसलाई पानी र झत्काबाट टाढा राख्नुपर्छ। यदि उपकरण सुचारु गर्दा केही अक्षर नदेखाएमा, त्यो बिग्रेको हुनसक्छ र त्यसलाई फेर्नुपर्छ। त्यसको लागि प्रयोगकर्ताले
निवेदन दिनुपर्छ। बैंकले त्यस उपकरणको पूर्ण जाँच पछि मात्र फेर्ने प्रक्रिया अगाडि बढाउँछ। यसको शुल्क भने रु. १,०००.०० (एक हजार मात्र) लाग्दछ।

तपाईंलाई रुचि हुन सक्छ

परियोजना लगानी

परियोजना लगानीमा 
के पाउनुहुन्छ?

परियोजना लगानी अन्तर्गत उत्पादन/निर्माण सम्बन्धी उद्योग, जल विद्युत, हवाइ सेवाहरु, अस्पताल, होटल

थप जानकारी