5% Structured Deposit (3 Months Up to 5 Years)-Individual
Explore Other Interest Rates
5% Structured Deposit (3 Months Up to 5 Years)-Individual
Explore Other Interest Rates
बैंकको आवश्यकता अनुसारको मान्य परिचयपत्र जस्ता नागरिकता भएका व्यक्ति वा व्यक्तिका समूह र फर्म वा कम्पनी दर्ता प्रमाणपत्र भएका फर्म र कम्पनीले खाता खोल्न सक्दछन्
खाता खोल्न तपाईलाई पायक पर्ने कुनै पनि हिमालयन बैंकको शाखा कार्यालयमा जान सक्नुहुन्छ। विदेशमा बस्नु हुने ग्राहकले भने त्यहाँको हाम्रो प्रतिनिधि कार्यालयमा सम्पर्क गर्न सक्नुहुन्छ।
खाता प्रकारको आधारमा खाता खोल्ने फारम पूर्णरुपमा भरेर बुझाएको १५ देखि २० मिनटमा खोल्न सकिन्छ।
हिमालयन बैंकमा खोल्न खाताको किसिम हेरेर बैंकल तोकेको न्युनतम मौज्दात बाहेक अरु केही शुल्क लाग्दैन।
सबै शाखामा रहेका हाम्रा ग्राहक सेवा अधिकारीले सबै ग्राहकको मद्दत गर्नुहुने छ। विदेशमा बस्नुहुने ग्राहकले भने त्यहाँको हाम्रो प्रतिनिधि कार्यालयमा सम्पर्क गरी मद्दत पाउन सक्नुहुन्छ।
कुनै पनि खाता खोल्न बैंकको शाखामा सम्बन्धित व्यक्ति स्वयम उपस्थित हुन अनिवार्य छ। तर कम्पनीको खाता खोल्दा भने संचालक समितिबाट नियुक्ति भएको अधिकृत व्यक्तिले बैकमा गएर कम्पनीको खाता खोल्न सक्दछ।
तपाईले कुनै पनि शुल्क नलाग्ने गरी एउटा शाखाको खाता अर्को शाखामा सार्न सक्नुहुन्छ।
तपाईले आफ्नो खाता संचालन हक अरु कसैलाई दिन सक्नुहुन्छ। त्यस्ता आधिकारिक व्यक्तिलाई “ वारेस” (म्यान्डेट) भनिन्छ। कसैलाई वारेसनामा दिए बापत उहाँले तपाईको खाता संचालन गर्न सक्नुहुन्छ। कसैलाई वारेसनामा दिने प्रक्रिया बारे थप जानकारीको लागि नजिकको शाखामा सम्पर्क गर्नुहोस्।
हिमालयन बैंकमा खाता भएका जो कोहीले पनि इन्टरनेट बैंकिङ्ग सेवाको सुबिधाको लाभ लिन सक्नुहुन्छ।
परियोजना लगानी
परियोजना लगानी अन्तर्गत उत्पादन/निर्माण सम्बन्धी उद्योग, जल विद्युत, हवाइ सेवाहरु, अस्पताल, होटल