नेपाल र भारत बाहेक अरु देशको यात्रा गर्ने ग्राहकले यो कार्डको सुबिधा लिन राहदानी वापतको विदेशी मुद्रा सटही सुबिधा, आफ्नो विदेशी मुद्रा खाता र नेपाल राष्ट्र बैंकको विशेष अनुमति अनुरुप डलर सटहीको सुबिधा लिन सकिन्छ। यो कार्डको म्याद ४ वर्षको हुन्छ र कार्डधारकले विदेशी विनियम सुबिधाको लागि योग्य भए सम्म र कार्डको म्याद रहेसम्म मौज्दात राख्न सक्छन्।यस कार्डमा अमेरिकी डलर पुनः जम्मा गर्न रहदानीको सट्टा वा विदेशी मुद्रा खातामा जम्म गर्न सकिन्छ।
योग्यता
- नेपाल राष्ट्र बैंकको अनुमति अनुरुप मान्य राहदानी र सुनिश्चित हवाइ टिकट भएका नेपाली नागरिक
यो कार्डको विशेष्ताहरु यस प्रकार छन्ः
- आवश्यक किनमेल र भुत्तानीको लागि सुरक्षित र सजिलो समाधान
- यो कार्ड युपीआइको सबै मर्चेन्ट आउटलेटबाट र एटीएमहरुमा चल्छ।
- सुरक्षित र सुबिधाजनक पैसा बोक्ने माध्यम
- EMV Complaint chip को आधारमा बनेको सुरक्षित कार्ड
- खाता खोल्न जरुरी नभएको
- कार्डको म्याद ४ वर्ष
- धेरै जस्तो चाइना आवत–जावत गर्ने व्यापारी, विद्यार्थी र यात्रीको लागि धेरै उपयोगी
- कार्डमा रहेको पैसा कार्डको म्याद नकटेसम्म चलाउन मिल्ने
- ड्राफ्ट वा वायर ट्रान्सफरमा जस्तो डर र झन्झट नहुने
- कार्डबाट अन्लाइन वा इन्टरनेट कारोबार गर्न मिल्ने
- २४/७ सहायता केन्द्र
विदेशी प्रीपेड कार्ड लिनको लागि चाहिने कागजात
क. राहदानीको सट्टा कार्ड जारी गर्न
- पूर्णरुपमा भरिएको प्रीपेड कार्ड निवेदन पत्र
- पीपी साइज फोटो
- मान्य भिसा भएको राहदानी
- सुनिश्चित हवाइ टिकट
ख. एचवीएल विदेशी मुद्रा खाता
- पूर्णरुपमा भरिएको प्रीपेड कार्ड निवेदन पत्र
- पीपी साइज फोटो
- मान्य परिचयपत्रको प्रतिलिपि