हिमालयन बैंकले स्मार्ट च्वाइस टेक्नोलोजी प्रा.ली संगको सम्बद्धतामा प्रोप्राइटरी डेबिट कार्ड वितरण गर्दै आएको छ। एससीटी कार्ड एउटा स्वदेशी ब्राण्डको कार्ड हो र यो कार्ड नेपालमा मात्र स्वीकार्य छ।
योग्यता
- हिमालयन बैंकको कुनै पनि शाखामा वचत वा चल्ती खाता भएका ग्राहकवर्गले एचबिएल डेबिट कार्ड लिन सक्छन्।
विशेषताहरु
- सुरक्षित र सुबिधाजनक रकम बोक्ने माध्यम
- हिमालयन बैंकको कुनै पनि शाखाबाट वचत वा चल्ती खाता खोली सजिलै कार्ड प्राप्त गर्न सकिने
- यो कार्ड कार्डधाराकहरुको खातासंग जोडिएको हुन्छ।
- डेबिट कार्डको म्याद ४ वर्ष हुन्छ।
- जीवनसाथी वा आफ्ना आश्रिततहरुलाई पूरक कार्ड लिन मिल्ने
- सबै एटीएम र पस मेसिनमा चल्ने
- चौबिसै घण्टा खातामा पहुँच रहने
- एचबिएलको कुनै पनि एटीम तथा पस मेसिनबाट कारोबार गर्दा अतिरिक्त शुल्क नलाग्ने
- कुनै ब्याज, बिलम्ब शुल्क वा अन्य कुनै जरिवाना नलाग्ने