Basic Eligibility Criteria 

  • Targeted to small business people with reliable source of income such as business income, salary, income from house rent, remittance, interest on Fixed deposit etc

Purpose

  • Purchase of Assets or loan against already owned property.
  • Application of loan for business investment to meet working capital requirement and fixed asset investment.

Target Customer

  • Professional/Businessman with reliable income
Loan Type Term Loan Working Capital(OD)
 Loan Limit Rs. 0.50 Million to Rs. 5 Million  Maximum Rs. 4 million
 Loan Repayment  On Equal Monthly Installment (EMI) basis  Annual Renewal basis
 Loan Tenure Up to 7 Years  Annual Renewal basis

 

संस्थागत कर्जाको बारेमा प्राय सोधिने प्रश्नहरू

संस्थागत कर्जा भनेको कुन प्रकारको कर्जा हो? यस कर्जाको लाभ कसले लिन सक्दछ?

संस्थागत कर्जा भनेको कुनै पनि निर्माण, सेवा, व्यापारीक संस्था वा कम्पनीलाई स्थिर सम्पत्ति सिर्जना गर्न वा चालुपुँजीको आवश्यकता पुर्ति गर्न दिइने कर्जा हो। निर्माण सम्बन्धि उद्योगहरु, अस्पतालहरु, विद्यालयहरु, आयातकर्ता÷व्यापारहरुले यस कर्जा प्रबाह गर्न सक्छ।

कोष र गैर कोष कर्जा भनेको के हो?

निशिचत अबधि कर्जा, भाडा वा खरिद कर्जा, अधिविकर्ष कर्जा, डिमाण्ड कर्जा, टि.आर. कर्जा आदि जस्ता कर्जा जसमा बैंकको कोष प्रयोग हुन्छ त्यसता कर्जालाई कोषमा आधारित कर्जा भनिन्छ।

प्रतितपत्र, बैंक जमानत जस्ता कर्जा जसमा बैंकको कोष प्रयोग नहुने कर्जालाई गैर कोष कर्जा भनिन्छ। तर यस कर्जामा यदि ऋणीले ऋण तिर्न नसकेमा गैर कोष कर्जालाई कोष कर्जामा परिणत गरी तेस्रो पाटीलाई बैंकले रकम तिर्ने प्रतिबद्धता हुन्छ।

रभल्भिङ र नन् रिभल्भिङ कोष भनेको के हो?

फेरी–फेरी चाहि रहने कोषलाई रिभल्भिङ कोष भनिन्छ भने स्थिति अनुसार कुनै समयमा मात्र चाहिने कोषलाई नन् रिभल्भिङ कोष भनिन्छ। अधिविकर्ष कर्जा, डिमाण्ड कर्जा (रिभल्भिङ), टि.आर. कर्जा, आदि रिभल्भिङ कर्जा हुन् भने निश्चित अबधि कर्जा,भाडा वा खरिद कर्जा, सिजनल चालुपूजी कर्जा आदि नन् रिभल्भिङ कर्जा हुन्।

म एउटा सानो पसल चलाउछु, संस्थागत कर्जा अन्तरगत मैले कुन कर्जा लिन मिल्छ?

यदि तपाई एउटा सानो पसल चलाउनु हुन्छ भने तपाई खुद्रा वा साना तथा मझौला कर्जाको लागि योग्य हुनुहुन्छ। यसका साथै संस्थागत आवश्कता अनुसार तपाई संस्थागत कर्जा पनि लिन सक्नुहुन्छ।

कर्जाको लागि मैले कहाँ निवेदन दिने?

कर्जा निवेदन दिन तपाईलाई पायम पर्ने हिमालयन बैंकको कुनै पनि शाखामा जान सक्नुहुन्छ। हाल यस बैंकको ६८ वटा शाखा रहेको छ र त्यस मध्य १८ वटा शाखा काठमाण्डौ उपत्यका भित्र रहेको छ। शाखा र शाखा प्रबन्धकको सम्पर्क नम्बर र थप जानकारीका लागि हाम्रो वेबसाइत धधध।जष्mबबिथबलदबलप।अयm बाट पाउन सक्नु हुनेछ।

यस बैंकले कुन क्षेत्रमा कर्जा प्रबाह गर्दछ?

यस बैंकले निर्माण, सेवा र व्यापार क्षेत्रमा कर्जा प्रबाह गर्दछ।

संस्थागत कर्जा अन्तरगत ऋणीले अधिकतम कति सम्म कर्जा प्रबाह गर्न सक्दछ?

तपाईको व्यवसायको आवश्यकता अनुसार यदि योजना उपयुत्त भएमा एकल पूर्ण लगानी बाट वा सहवित्तिपकरण जुन उपयुक्त हुन्छ त्यही अनुसार कर्जा प्रबाह गर्न सकिन्छ।

संस्थागत कर्जाको योग्यता कसरी निर्धारण गरिन्छ?

संस्थागत कर्जाको योग्यता त्यस व्यवसायको संम्भव्यत बैंकलाई दिएको कारोबार, नगद प्रवाह विवरण आम्दानी र कर्जाको आकार तथा कर्जा भुक्तानी क्षमतालाई हेरेर निर्धारण गरिन्छ।

बैंकमा कर्जा निवेदन दिएको कति समयमा मैले कर्जा पाउनसक्छु?

निवेदन दिए पछि तपाईको कर्जा आवश्यकता र कर्जा रकम अनुसार कर्जा पाउने समय निर्धारण गरिन्छ। सम्पूर्ण कागजात बुझएको हकमा कर्जा निवेदन दिएको २ हप्ताभित्र कर्जा पाउन सकिन्छ।

कर्जा लिन कस्तो किसिमको धित्तो/सुरक्षण प्रदान गर्नुपर्छ?

चालुपुँजी कर्जाको लागि प्राथमिक सुरक्षण जस्तै बीमा सहितको मौज्दातको हाइपोथिकेसन, उठ््नुु पर्ने रकम मुकर्रर गरेको बाहेक संस्था/लगानीकर्ता वा लगानीकर्ताको एकाघर परिवारकको स्थिर सम्पत्ति धितो (घर र जग्गा) र लगानीकर्ता/संचालकको व्यक्तिगत जमानी प्रदान गर्नुपर्दछ।

बैंक जमानत भनेको के हो?

बैंक जमानत भनेको यस्तो गैर कोष कर्जा हो जस अन्तर्गत यदि ऋणीले ऋण तिर्न नसकेमा तेस्रो पाटीलाई बैंकले रकम तिर्ने प्रतिबद्धता गरेको हुन्छ। बैंक जमानत बिडिङ (बिड बण्ड), परियोजना संचालन गर्न (कार्य सफलता), परियोजना संचालन गर्न अग्रिम भुक्तानी (अग्रिम भुक्तानी जमानत), भन्सारको लागि (भन्सार बण्ड), आदि।

प्रतितपत्र भनेको के हो?

प्रतितपत्र भनेका यस्तो गैर कोष कर्जा हो जस अन्तरगत यदि प्रतितपत्रका शर्तनामाहरु पूरा भएको र चाहिने सबै कागजातहरु प्राप्त भएको देखिएमा बैंकले रकम पाउने बैंकलाई भुक्तानी गरिदिन्छ।

प्याकिङ वा अग्रिम ढुवानी कर्जा भनेको के हो?

प्याकिङ वा अग्रिम ढुवानी कर्जा भनेको निर्यात प्रतितपत्रको सुरक्षणमा निर्यातकर्तालाई कच्चा पदार्थ खरिद र त्यस कच्चा पर्दाथलाई अन्तिम वस्तुमा प्रशोधित गर्न खर्च बेहोर्न दिइने कर्जा हो।

ढुवानी पछिको कर्जा भनेको के हो?

सर सामानहरु निर्यात गरिसके पछि त्यसको भुत्तानी हुन केही समय लाग्ने भएको हुँदा निर्यातको कागजातको सुरक्षणमा भुक्तानीको तत्काल आवश्यकतालाई मध्यनजर गर्दै ढुवानी पछिको कर्जा प्रदान गरिन्छ। निर्यातको सामान निर्यातकर्ताले पाए पछि यो कर्जा चुक्ता गरिन्छ।

ट्रष्ट रिसिप्ट/आयातकर्ता कर्जा भनेको के हो?

ट्रष्ट रिसिप्ट कर्जा आयात पछिको खर्च बेहोर्न दिइने कर्जा हो। प्रतितपत्रको कारोबारमा सम्पूर्ण कागजात मिलाइ सामान छुटउँदा ग्राहकले सुरुमा नै सम्पूर्ण रकम चुक्ता नसक्ने अवस्थामा ग्राहकको चालु खर्च धान्नको लागि बैंकले ट्रष्ट रिसिप्ट कर्जा दिने गर्दछ। यो कर्जा ग्राहकले नगद रुपान्तरण चक्र Cash Conversion Cycle)समाप्त भए पछि चुक्ता गर्नुपर्दछ।

तपाईंलाई रुचि हुन सक्छ

परियोजना लगानी

परियोजना लगानीमा 
के पाउनुहुन्छ?

परियोजना लगानी अन्तर्गत उत्पादन/निर्माण सम्बन्धी उद्योग, जल विद्युत, हवाइ सेवाहरु, अस्पताल, होटल

थप जानकारी