मास्टर कार्ड विदेशी कार्ड नेपाल र भारत बाहेक संसारको जुन देशमा पनि चल्छ। नियमित विदेशी मुद्रामा आय भएका व्यक्ति जसको हिमालयन बैैकको कुनै पनि शाखामा विदेशी मुद्रा खाता छ र त्यस खातामा विदेशी रकम छ भने यो कार्ड लिनको लागि निवेदन दिन सक्छन्।
योग्यता माप्दण्ड
- उमेर कम्तीमा १८ वर्ष
- नियमित आय भएको व्यक्ति जसको हिमालयन बैैकमा खाता छ र कार्डको निवेदन दिन योग्य छन्। यस कार्डको सीमा निवेदन दिने व्यक्तिको आय र अन्य आय श्रोत स्थापित हुने कागजातको आधारमा निर्धारण गरिन्छ।
- यस कार्डको लागि निवेदन दिन त्यस व्यक्तिको विदेशी मुद्रा खाता भएको र त्यस खाताको रकमको आय श्रोत प्रमाणपत्र वा आयश्रोत स्थापित हुने कागजात अनिवार्य रुपमा भएको हुनुपर्छ।
यो कार्डको विशेष्ताहरु यस प्रकार छन्ः
- सुरक्षित र सुबिधाजनक रकम बोक्ने माध्यम
- यो कार्ड सबै ATM र POS Machine दुबैमा चल्छ ।
- EMV compliant State-of-the-Art CHIP मा आधारित प्रगतिशील प्रणाली
- कार्डबाट सजिलै भुत्तानी गर्न सकिने
- कार्डको म्याद ४ वर्ष
- कार्डबाट अनलाइन वा इन्टरनेट कारोबार गर्न मिल्ने
- सजिलै दरखास्त दिन सकिने
- संसारभर प्रतिस्थित ब्राण्डको रुपमा रहेको र जीवनसाथी वा आफ्ना आश्रितलाई पूरक कार्ड लिन मिल्ने
- अनलाइन खाताको विवरण तुरुन्तै लिन मिल्ने र चौबिसै घण्टा सातै दिन सहायता केन्द्र भएको
एचवीएल क्रेडीट कार्ड लिनको लागि चाहिने कागजात:
क. व्यक्तिगत कार्डको लागि(व्यक्तिगत खातावालाको लागि):-
- दस्तखत सहित पूर्णरुपमा भरेको कार्ड निवेदन पत्र
- पीपी साइज कलर फोटो
- निवेदकको बस्ने घर वा अफिसको ठेगाना र नक्शा
- परिचयपत्र –नागरिकता वा राहदानीको प्रतिलिपि
- ठेगाना प्रमाणित गर्ने कागजात –बत्ति/पानी/टेलिफोन बिल अादि
- तलब प्रमाणपत्र वा सम्बन्धित संस्थाबाट जारी आय श्रोत प्रमाणित गर्ने वा आय श्रोत स्थापित हुने कागजात
- माथि उल्लेखित बाहेक अरु थप कागजात पनि चाहिएमा बैंकले माग्न सक्छ।.
कर्पोरेट कार्डको लागि (कम्पनीको खाताको हकमा):-
- दस्तखत सहित पूर्णरुपमा भरेको कार्ड निवेदन पत्र
- पीपी साइज कलर फोटो
- निवेदको बस्ने घर वा अफिसको ठेगाना र नक्शा
- परिचयपत्र –नागरिकता वा राहदानीको प्रतिलिपि
- कम्पनी/फर्म दर्ता प्रमाणपत्र/प्यान
- आय कर दर्ता र कर चुक्ता प्रमाणपत्र
- क्रेडिट कार्ड लिन र खाताबाट शुल्क काट्न संचालक समितिकाे बैठकको लिखित निर्णय
- कम्पनी वा फर्मको पछिल्लो अडिट गरिएको वा अस्थायी व्यालेन्स सीट र नाफा नोक्सान विवरण सहित आय श्रोत प्रमाणित गर्ने कागजात
- व्यक्तिगत कार्ड लिन व्यवस्थापनबाट स्वीकृति पत्र
- यस बाहेक अरु थप कागजात पनि चाहिएमा बैंकले माग्न सक्छ।
नोटः
- क्रेडिट कार्डको लागि छुटाइएको रकम नियमित मौज्दातको लागि प्रयोग गर्न मिल्दैन
- प्रीपेड कार्ड वा क्रेडिट कार्ड लिनको लागि निवेदकले अनिवार्य रुपमा KYC फारम भर्नुपर्छ।