मास्टर कार्ड स्वदेशी क्रेडिट कार्ड नेपाली रुपैयामा जारी गरिन्छ र यो कार्ड नेपाल र भारतमा चल्छ।
योग्यता माप्दण्ड
- उमेर कम्तीमा १८ वर्ष
- नियमित आय भएका तथा कार्डको निवेदन दिन योग्य व्यक्ति । यस कार्डको सीमा निवेदन दिने व्यक्तिको आय र अन्य आय स्थापना हुने कागजातको आधारमा निर्धारण गरिन्छ।
- पीएसए/एसपीएसए खातावालाहरुले रु. ५०,०००/–रु.१००,०००/– सम्मको स्वदेशी क्रेडिट कार्डको निवेदन दिन सक्दछन्।
यो कार्डको विशेष्ताहरु यस प्रकार छन्ः
- सुरक्षित र सुबिधाजनक रकम बोक्ने माध्यम
- यो कार्ड यस ब्राण्डको कार्ड चल्ने ATM / POS Machine दुबैमा चल्छ।
- EMV compliant State-of-the-Art CHIP मा आधारित प्रगतिशील प्रणाली
- कार्डबाट सजिलै भुत्तानी गर्न सकिने
- कार्डको म्याद ४ वर्ष
- कार्डबाट अनलाइन वा इन्टरनेट कारोबार गर्न मिल्ने
- सजिलै दरखास्त दिन सकिने
- संसारभर चिनिने ब्राण्डको रुपमा रहेको र जीवनसाथी वा बच्चालाई पूरक कार्ड लिन मिल्ने
- अनलाइन खाताको विवरण तुरुन्तै लिन मिल्ने र चौबिसै घण्टा सातै दिन सहायता केन्द्र भएको
एचवीएल क्रेडीट कार्ड लिनको लागि चाहिने कागजात:
क. व्यक्तिगत कार्डको लागि(व्यक्तिगत खातावालाको लागि):-
- दस्तखत सहित पूर्णरुपमा भरेको कार्ड निवेदन पत्र
- पीपी साइज कलर फोटो
- निवेदकको बस्ने घर वा अफिसको ठेगाना र नक्शा
- परिचयपत्र –नागरिकता वा राहदानीको प्रतिलिपि
- ठेगाना प्रमाणित हुने कागजात –बत्ति/पानी/टेलिफोन बिल आदि
- आयश्रोत स्थापना हुने कागजात.
माथि उल्लेखित बाहेक अरु थप कागजात पनि चाहिएमा बैंकले माग्न सक्छ।
कर्पोरेट कार्डको लागि (कम्पनीको खाताको हकमा):-
- दस्तखत सहित पूर्णरुपमा भरेको कार्ड निवेदन पत्र
- पीपी साइज कलर फोटो
- निवेदकको बस्ने घर वा अफिसको ठेगाना र नक्शा
- परिचयपत्र –नागरिकता वा राहदानीको प्रतिलिपि
- कम्पनी/फर्म दर्ता प्रमाणपत्र/प्यान
- आय कर दर्ता र कर चुक्ता प्रमाणपत्र
- क्रेडिट कार्ड लिन र खाताबाट शुल्क काट्न संचालक समितिको बैठककाे लिखित निर्णय
- व्यक्तिगत कार्ड लिन व्यवस्थापानबाट स्वीकृति पत्र
- कम्पनी वा फर्मको पछिल्लो अडिट गरिएको वा अस्थायी वासलात र नाफा नोक्सान विवरण सहित आय श्रोत प्रमाणित गर्ने कागजात
- यस बाहेक अरु थप कागजात पनि चाहिएमा बैंकले माग्न सक्छ।
नोटः
- क्रेडिट कार्डको लागि छुटाइएको रकम नियमित मौज्दातको लागि प्रयोग गर्न मिल्दैन
- प्रीपेड कार्ड वा क्रेडिट कार्ड लिनको लागि निवेदकले अनिवार्य रुपमा KYC फारम भर्नुपर्छ।