हिमालयन बैंकले अमेरिकन एक्सप्रेस कार्ड सुबिधा प्रदान गर्दै आएको छ।अमेरिकन एक्सप्रेस एउटा विश्वव्यापी रूपमा परिचित कार्ड सेवा प्रदायक कम्पनी हाे जसले ग्राहकहरुलाई विभिन्न सेवा, सुबिधा, विशेष अनुभव प्रदान गर्दै जीवनलाई समृद्ध र व्यापारमा सफलता दिने गर्दछ। अमेरिकन एक्सप्रेस विश्वका १६० भन्दा बढी देशहरुको झन्दै १० करोड भन्दा बढी अमेरिकन एक्सप्रेस कार्ड सदस्य छन्।
हिमालयन बैंकले हिमालयन बैंक अमेरिकन एक्सप्रेस गोल्ड क्रेडिट कार्ड प्रचलनमा ल्याएको छ।
यो कार्ड घरेलु उपयोगका लागि नेपाल र भारतमा धेरै नै लाभदायी जीवनशैली फाइदाहरु ल्याएको देखिन्छ। जस्तै किनमेल,खाना, होटल, स्पा र अन्य सुबिधाहरु। यसका साथै विदेश यात्रामा जाँदा विमान स्थलका लाउन्जमा छुट पनि पाउन सकिन्छ।
स्वदेशी प्रयोगको क्रेडिट कार्ड नेपाल र भारतमा चल्छ।
योग्यता:
- नगरिकता वा मान्य नेपाली राहदानी भएका नेपाली नागरिक
- दरखास्त गरेको कार्ड सीमा मासिक आयको ७५% हुनपर्ने
विशेष्ताहरु:
- नेपाल र भारतको सबै ATM र POS Machine मा चल्छ
- त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको Radisson लाउन्जमा छुट
- EMV compliant chip मा आधारित प्रगतिशील प्रणालीबाट निर्धक्क भई खरिद गर्न सकिने
- भारतमा अमेरिकन एक्सप्रेस अन्तरगत पर्ने केही स्थानहरुमा घुम्न, खरिद, खाना र मनोरञ्जनमा छुट*
- अमेरिकन एक्सप्रेस ग्लोबल असिस्ट मार्फत विश्वभर यात्रा,चिकित्सा र कानुनमा सहयोग
- कार्डको म्याद ४ वर्ष
- जीवनसाथी वा बच्चालाई पूरक कार्ड लिन मिल्ने
- चौबिसै घण्टा र सातै दिन सहायता केन्द्र(टोल फ्र नं १६६०–०१–१२०००)
सीमा:
- रु. १,००,०००/– देखि रु. १०,००,०००/– सम्म
*परिवर्तन हुन सक्ने र सर्त लागू हुने
बिल वा विवरण मितिअग्रेजी महिनाको पहिलो तारिक
हाम्रो सम्पर्क
हिमालयन बैंक लिमिटेड,
कार्ड विभाग, कर्पोरेट अफिस
पी.ओः २०५९०,कमलाडी, काठमाण्डौं
२४/७ टोल फ्री नं १६६० ०१ १२०००
२४/७ फोन नं ९७७ १ ४२४५९७९, ४२४५९८०
दिवा ग्राहक सेवा ४२४३२२३ (कार्यालय समयमा मात्र)
फ्याक्स ९७७ १ ४२४५९३२
ईमेल: यह ईमेल पता spambots से संरक्षित किया जा रहा है. आप जावास्क्रिप्ट यह देखने के सक्षम होना चाहिए.
वा तपाई नजिकको शाखामा सम्पर्क राख्नुहोला।
यूआरएलः: www.himalayanbank.com