मास्टर कार्डहरु अन्तराष्ट्रिय ब्राण्डका कार्डहरु हुन्। यी ब्राण्डका कार्डहरु विश्वभर नै स्वीकृत प्राप्त कार्ड हुन्। हिमालयन बैंक भिसा कार्ड र मास्टर कार्ड दुवैका लागि प्रमुख सदस्य बैंक हो र हिमालयन बैंकको मास्टरकार्ड डेबिट कार्ड नेपाल र भारतमा स्वीकार्य छन्।
योग्यता
- हिमालयन बैंकको कुनै पनि शाखामा बचत वा चल्ती खाता भएका ग्राहकवर्गले एचबिएल डेविट कार्ड लिन सक्छन्।
विशेषताहरु
- सुरक्षित र सुबिधाजनक रकम बोक्ने माध्यम
- हिमालयन बैंकको कुनै पनि शाखाबाट बचत वा चल्ती खाता खोली सजिलै कार्ड प्राप्त गर्न सकिने
- यो कार्ड कार्डधाराकहरुको खातासंग जोडिएको हुन्छ।
- डेबिट कार्डको म्याद ४ वर्ष हुन्छ।
- जीवनसाथी वा आफ्ना आश्रितहरुलाई पूरक कार्ड दिन मिल्ने
- सबै एटीएम र पस मेसिनमा चल्ने
- जति र जुन बेला पनि खाताबाट पैसा निकाल्न मिल्ने
- एचबिएलको कुनै पनि एटीम तथा पस मेसिनबाट कारोबार गर्दा अतिरिक्त शुल्क नलाग्ने
- कुनै ब्याज, बिलम्ब शुल्क वा अन्य कुनै जरिवाना नलाग्ने